कोरोनाका कारण थप १ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो
ललितपुर । कोरोनाका कारण थप १ जनाको मृत्यु भएको छ। ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीका १ महिलाको मृत्यु भएको हो। साउन ६ गते उपचारका लागि पाटन अस्पतालमा आएकी उनको शुक्रबार विहान ९ बजे अस्पतालमै मृत्यु भएको निर्देशक डा. विष्णु प्रसाद शर्माले जानकारी दिए।
डा. शर्माले भने, ‘उहाँ साउन ६ गते स्टार अस्पतालमा भर्ना हुन भएको हो। उहाँमा निमोनिया थियो। हामीले कोरोना पिसिआर परीक्षण गरेका थियों र पिसिआर रिपोर्ट पनि पोजेटिभ आएको थियो।’
हालसालै विरगञ्जबाट आएकी उनी ललितपुरको थसिखेल निबासी हुन्। स्टार अस्पतालमा कोरोना पुष्टि भएपछि पाटन अस्पताल सारिएको निर्देशक डा. शर्माले जानकारी दिए।
विरगञ्जमा विहीबार कोरोनाका कारण विहीबार १ जनाको मृत्यु भएको थियो । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ५६ पुगेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment