भूमि आयोगलाई काम अगाडि बढाउन मन्त्री अर्यालको निर्देशन

डिसी नेपाल
१८ साउन २०७७ २०:०२

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीसँग छलफल गरेकी छन् । आयोग पदाधिकारी तथा केही सांसदसँग गरिएको छलफलमा मन्त्री अर्यालले आयोगको कामको प्रगतिबारे जानकारी लिएपछि आयोगलाई छिटो काम अगाडि बढाउन निर्देशन दिएकी छन् ।

“जुन उद्देश्यका साथ आयोग गठन भएको हो, त्यसअनुसार छिटोभन्दा छिटो काम अगाडि बढाउनुस्”, मन्त्री अर्यालले भनिन्, “यो काम छिटो अगाडि बढाउनुपर्छ, तपाईंहरु त्यसमा लाग्नुस् ।” देशभरका भूमिहीन तथा सुकुम्वासीलाई जमिनको मालिक बनाउने महत्वपूर्ण जिम्मेवारी आयोग र समग्र सरकारको जिम्मेवारीमा रहेको भन्दै उनले महत्वपूर्ण कार्य सबैले मिलेर सम्पन्न गर्नुपर्नेमा जोड दिइन् । भूमिसम्बन्धी समस्या समाधान आयोगका अध्यक्ष देवी ज्ञवालीले भूमिहीन, सुकुम्वासीको समस्या समाधान गर्ने कार्यमा सरकार, सरोकारवाला सबै मिलेर अगाडि बढ्न आग्रह गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *