सोमपाल चम्किदा नेपालले दियो नेदरल्याण्ड्सलाई २१७ रनको लक्ष्य

डिसी नेपाल
१८ साउन २०७५ १३:१९

काठमाडौँ। नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपालले नेदरल्याड्सलाई २१७ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउदा २१६ रन बनाएको हो।

नेपालका लागि सर्वाधिक रन सोमपाल कामीले बनाए।

उनले ४६ बलमा ६१ रन बनाएका हुन्। यस्तै कप्तान पारस खड्काले ५१, ज्ञानेन्द्र मल्ल १३, सुवास खकुरेल१९, अनिलकुमार साह ४, दीपेन्द्रसिंह ऐरी १९, रोहितकुमार पौडेल ६, आरिफ शेख १६, वसन्त रेग्मी १, सन्दिप लामिछाने ८ र ललितसिंह भण्डारीले नटआउट हुँदै ४ रन बनाए।

अहिले नेदरल्यान्ड्सले नेपालले दिएको लक्ष्य पछ्याइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *