सशस्त्र प्रहरीको बलम्बुस्थित अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु

डिसी नेपाल
२१ साउन २०७७ १८:२७
4
Shares

काठमाडौं। बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ। बुधबार दिउँसो एकजना महिलाको मृत्यु भएको सशस्त्र प्रहरी स्रोतले जानकारी दिएको छ।

स्रोतका अनुसार ६५ वर्षीया एक महिलाको मृत्यु भएको हो। मृतक महिला कोरोना पाजेटिभ भएपछि सो अस्पतालमा उपचार भइरहेको थियो। पछिल्लो समय उनी निमोनियाबाटसमेत पीडित रहेको जनाइएको छ।

उता बुधबार नै मोरङमा पनि दुईजना कोरोना संक्रमितको मृत्यु भएको जनाइएको छ। विराटनगर महानगरपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको छ। त्यस्तै रंगेली नगरपालिकाका अर्का ४५ वर्षीय पुरुषको पनि मृत्यु भएको छ।

पछिल्लो दिनहरुमा नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या बढिरहेको छ। बुधबारसम्म मृत्यु हुनेको संख्या ६३ पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *