लायन्स क्लबद्वारा पुलचोकमा वृक्षरोपण
पोखरा। लायन्स क्लब अफ शान्ति स्तुपा चौतारीद्धारा पोखरा महानगरपालिका–१७ छोरेपाटनस्थित पुलचोकको सार्वजनिक जग्गामा वृक्षरोपण गरिएको छ। हरियाली प्रवद्र्धन गरी वातावरण संरक्षणमा योगदान पु¥याउने मुख्य लक्ष्यसाथ आयोजित वृक्षरोपण कार्यक्रममा चाँप, कपुर, लप्सीलगायत विभिन्न जातका १५० बिरुवा रोपिएको थियो। लायन्स डिष्टिक चिफ पिआरो राम बस्यालले चापको बिरुवा रोपेर सो कार्यक्रमको शुभारम्भ गर्दै लायन्सले शिक्षा, स्वास्थ्य र वातारणीय क्षेत्रमा योगदान गर्दै आएको जानकारी दिए।
सो स्थानमा क्वलको सक्रियतामा अघिल्लो वर्ष पनि २०० भन्दा बढी बिरुवा रोपिएको र नियमित गरिएको गोडमेलको कारण बिरुवा राम्रोसँग हुर्केको लायन्स क्लब अफ शान्ति स्तूपाका अध्यक्ष सुभाष ढुङ्गानाले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment