हेल्प नेपालको बालगृहलाई आर्थिक सहयोग प्रदान
काभ्रे। सामाजिक संस्था हेल्प नेपाल नेटवर्कद्वारा स्थापित एवम् संचालित काभ्रे धुलिखेलस्थित बालगृहको अक्षय कोष अभिवृद्धिका लागि दयालु मनहरूले आर्थिक सहयोग गरेका छन्। करिब एक घण्टामा नै १ लाख रुपैयाँ उठेको र सो रकम बालगृहकी व्यवस्थापक पूण्यवती घलेलाई हस्तान्तर गरिएको छ।
केही दिन अघि बेलायत, अस्ट्रेलिया, अस्ट्रिया तथा नेपालका गरी १२ समाजसेवीहरूले बालगृह अक्षय कोष वृद्धिका लागि १ लाख रुपैयाँ जम्मा गरेका थिए। समाजसेवीहरू नवराज आचार्य तथा बिकु लामाले उक्त रकम धुलिखेल पुगेर हस्तान्तरण गरेको नवराज आचार्यले जानकारी दिए।
हेल्प नेपाल नेटवर्कका अध्यक्ष अरुणसिंह बस्नेतले अहिलेको प्रतिकूल परिस्थितिमा पनि धुलिखेलस्थित बालगृहको अक्षय कोषको अभिवृद्धिका लागि सहयोग गर्ने सबै समाजसेवीहरूलाई फेसबूकमार्फत धन्यवाद दिएका छन् ।
उक्त बालगृहमा २१ जना बालिकाहरू रहेको जानकारी दिँदै हेल्प नेपालका बालगृह संयोजक राजेन्द्र श्रेष्ठले बालगृहको अक्षय कोष वृद्धिका लागि समाजसेवीहरूबाट सहयोग प्राप्त भइरहेको बाह्रखरीलाई बताएका छन्।
No ads found for this position



डिसी नेपाल
Facebook Comment