लामो दूरीको यात्रा र हवाई सेवा भदौ १६ पछि सुचारु गरिने
काठमाडौं। सरकारले लामो दूरीको यातायात र हवाई सेवा आगामी भदौ १६ पछिमात्र शुरु गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले लामो दूरीको यातायात र हवाई सेवाबारे यस्तो निर्णय गरेको एकमन्त्रीले जानकारी दिए।
मन्त्रीका अनुसार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार निर्णय भएको हो। आइतबार सकेको सीसीएमसी बैठकले कोरोनाको जोखिम कम नभएको भन्दै यसअघि सरकारले गरेको निर्णयमा पुनर्विचार गर्न सिफारिस गरेको थियो। यसअघि सरकारले आगामी भदौ १ बाट लामो दूरीको यातायात र हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो।
सोमबार मन्त्रिपरिषदले अन्तर्राष्ट्रिय सीमा नाका पनि कडाई गर्ने निर्णय गरेको छ।
यस्तै सरकारले नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहायकरथी पाण्डेलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए। पाण्डे हाल सुर्खेतस्थित उत्तर पश्चिम पृतनाको निमित्त पृतनापतिमा कार्यरत छन्।
त्यसअघि पाण्डे सेनाको जनसम्पर्क निर्देशनालयको निर्देशक तथा प्रवक्ताको जिम्मेवारीमा थिए।
No ads found for this position



डिसी नेपाल
Facebook Comment