No ads found for this position
No ads found for this position

पहिराले घर पुरिँदा दुई बालकको मृत्यु

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ साउन २०७७ १५:००
No ads found for this position

बलेवा । जिल्लाको निसीखोला गाउँपालिकामा घर माथिबाट आएको पहिराले घर पुरिँदा दुई बालकको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–५ बस्ने हिराबहादुर विकका १४ वर्षीय छोरा वीरेन्द्र विक र ६ वर्षीय नाति प्रवेश विकको पहिरामा पुरिएर मृत्यु भएको हो ।

सोही पहिरामा परी ५३ वर्षीया दिलसरा विक गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । उनलाई उपचारका लागि बुर्तिबाङ ल्याइएको प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए । सोही घरमा रहेका अन्य तीन जनाको भने सकुशल उद्धार गरिएको उनले बताए ।

राति २ बजेको समयमा आएको पहिराले हिराबहादुर विकको घर पुरेको हो । मामाघरमा बस्न आएका प्रवेश शुक्रबार साँझ मामासँग छुट्टै कोठामा सुतेका थिए । घरमाथिबाट आएको पहिराले घर बगाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *