No ads found for this position
No ads found for this position

विश्वमै लोपोन्मुख अवस्थामा रहेको ‘लोभीपापी’ जाजरकोटमा भेटियोे

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ साउन २०७७ १८:२०
No ads found for this position

जाजरकोट । विश्वमा लोपोन्मुख अवस्थामा रहेको लोभीपापी गरुड जाजरकोट सदरमुकाम नजीकै फेला परेको छ । भेरी नगरपालिका–१ धल्धा, कालेगाउँस्थित भेरीको किनारमा गुँड बनाएर बच्चा कोरलेको लोभीपापी यस वर्ष ११ वटा फेला परेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत तथा पक्षी तथा नेपाल पक्षी संरक्षण सङ्घको आजीवन सदस्य गोविन्द सिंहले जानकारी दिए ।

धल्दा, कालेगाउँ नजीकै नदीको किनारमा बथानमा खेल्दै गरेको अवस्थामा आफूले लोभीपापी गरुड भेटाइएको अधिकृत सिंहले जानकारी दिए । यसअघि सुर्खेतमा पनि १० वटा सो प्रजातिका गरुड भेटिएका थिए । जैविक विविधता राम्रो भएको जाजरकोटमा विश्वमा दुर्लभ जनावर रेडपान्डा तथा दुर्लभ पक्षी चिरकालीज, सुन गिद्ध र सेतो गिद्धको बास रहेको पाइएको सिंहले बताए ।

बारेकोट र कुशे गाउँपालिका तथा भेरी र नलगाड नगरपालिका विश्वमै दुर्लभ जनावर तथा पक्षीको बासस्थान भए पनि यहाँको जङ्गल क्षेत्र मासिँदै गएकाले दुर्लभ जनावर तथा पक्षी लोप हुँदै गएको उनको भनाइ छ । विसं २०७० देखि पक्षी तथा वन्यजन्तुको एकल संरक्षण अभियानमा जुटेका सिंहले १२ वन्यजन्तु, २७ पक्षी र छ गिद्धको उद्धार गरी व्यक्तिगत खर्चमा उपचार गरेर जङ्गलमै लिएर छाडिसकेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *