No ads found for this position
No ads found for this position

टिपरको ठक्करबाट बालकको मुत्यु

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ साउन २०७७ १९:१५
No ads found for this position

अर्घाखाची। गोरूसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत अर्घाखाँचीको शीतगङ्गा–२ राजुबास झोलुङ्गे पुल नजिकै टिपरले मोटरसाइकललाई ठक्कर दिँदा शनिबार एक बालकको मृत्यु भएको छ।

कपिलवस्तुको गोरूसिङ्गेबाट अर्घाखाँचीको नरपानी आउँदै गरेको ना८ख ६६९८ नंको टिप्परले विपरीत दिशाबाट जाँदै गरेको लु३२प २३९१ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सन्धीखर्क–७ का तीन वर्षीय अभिषेक थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक माधव बुढाथोकीले जानकारी दिए।

टिपर र चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलमा साना दुई बच्चासहित चार जना सवार रहेको थियो । सवार अन्य तीन जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *