No ads found for this position
No ads found for this position

केन्द्रीय कारागारका कैदीलाई कोरोना संक्रमण

No ads found for this position
No ads found for this position
No ads found for this position
डिसी नेपाल
३१ साउन २०७७ २१:०९
No ads found for this position

काठमाडौं। केन्द्रीय कारागारका एक कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ। एक हजार पाँचसय भन्दा बढी कैदीबन्दी रहेको केन्द्रीय कारागारमा रहेका कैदीलाई कोरोना संक्रमण देखिएपछि त्यहाँ त्रास उत्पन्न भएको छ ।

केही समय अघि सिन्धुलीबाट कारागार सरुवा गरेर ल्याइएका कैदीलाई कोरोना संक्रमण देखिएको कारागार व्यवस्थान विभागमा प्रमुख सहसचिव द्रोण पोखरेलल जानकारी दिए। उनका अनुसार ती कैदीलाई आजै कोरोना अस्पताल बल्खुमा उपचारका लागि भर्ना गरिएको छ । ‘ सिन्धुलीबाट केन्द्रीय कारागारको अस्पतालमा उपचारका लागि ल्याइएको थियो, उपचारका लागि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको छ,’ विभागका महानिर्देशक पोखरेलले भने।

उनका अनुसार संक्रमित कैदी ७१ वर्षीय छन् । बिरामी भएपछि उपचारका लागि उनलाई सिन्धुली कारागारबाट काठमाडौं ल्याइएको थियो । ‘सबै कैदीबन्दीलाई बाहिरबाट ल्याउँदा अनिवार्य परीक्षण हुने गरेको छ, सिन्धुलीमा परीक्षण सुविधा नभएकाले जेलमै ल्याएर परीक्षण गरिएको हो,’ महानिर्देशक पोखरेलले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *