काँग्रेस जिल्ला उपसभापति गिरीको निधनप्रति दुःख व्यक्त

डिसी नेपाल
२ भदौ २०७७ १९:३२

काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नवलपरासी (वर्दघाट सुस्ता पश्चिम) का जिल्ला उपसभापति सुवाषचन्द्र गिरीको निधनप्रति दुःख व्यक्त गरेका छन्। गिरीको ललितपुरस्थित पाटन अस्पतालमा उपचारका क्रममा आज ३८ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले एक विज्ञप्तिमार्फत उनको निधनबाट पार्टीले एक कुशल व्यक्तित्वलाई गुमाएको र अपूरणीय क्षति पुगेको उल्लेख गरेका छन् । सभापति देउवाले उनमा श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । उनले विज्ञप्तिमा भनेका छन्, ‘गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नुभएको छ । स्व गिरी एक सफल व्यवसायी पनि हुनुहुन्थ्यो ।’

यसैगरी काँग्रेसले पार्टीको केन्द्रीय शिक्षा विभागका सदस्य पर्सा निवासी प्रमोदकुमार गुप्ताको निधनप्रति दुःख व्यक्त गर्दै उनका शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । गुप्ताको आज निधन भएको हो । काँग्रेसले उनको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै स्व गुप्ताले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *