काठमाडौंको माछापोखरीबाट दुई थान पेस्तोलसहित दुई जना पक्राउ

डिसी नेपाल
४ भदौ २०७७ १२:२१

काठमाडौं। नुवाकोटबाट काठमाडौ आउँदै गरेका व्यक्तिको साथबाट हतियार बरामद भएको छ। नुवाकोटका विकेस पण्डितको साथबाट हतियार बरामद भएको हो।

प्रहरीले हतियार लिएर आउने पण्डितसहित उनका साथी अमर तामाङलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ। नुवाकोटबाट काठमाडौ आउँदै गरेका पण्डितलाई काठमाडौंको माछापोखरीबाट दुई वटा पेस्तोल, त्यसमा लाग्ने दुई म्यागजिन र १० राउण्ड गोली बरामद गरेको र हतियार दिएर पठाउने तामाङलाई भने नुवाकोटबाटै पक्राउ गरेको हो।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दिपक थापाका तामाङले दिएको हतियार लिएर आउने क्रममा पण्डित पक्राउ परेका थिए। तामाङ डाका सम्बन्धी मुद्दामा ६ वर्ष २ महिना कैद भुक्तान गरेर गत २२ फागुनमा जेलमुक्त भएको व्यक्ति हुन्। महाशाखाले दुवै जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको एसएसपी थापाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *