एकै दिन दुई पटक बस्यो मन्त्रिपरिषद बैठक
काठमाडौं। बिहीबार एकैदिन मन्त्रिपरिषदको बैठक दुई पटक बसेको छ। बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक दुई पटक बसेको एकमन्त्रीले जानकारी दिए। उनका अनुसार पहिलो मन्त्रिपरिषद् बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरेको स्वर्गाहरोणप्रति श्रद्धाञ्जलि दिएको छ। त्यस्तै अछाम, सिन्धुपाल्चोक लगायत देशभर बाढी पहिरोमा परी निधन भएकाहरुप्रति पनि मन्त्रिपरिषद बैठकले श्रद्धाञ्जलि दिएको छ।
बाढी पहिरो पीडितहरुमा समवेदना प्रस्तावसमेत मन्त्रिपरिषदले पारित गरेको एकमन्त्रीले जानकारी दिए। उनका अनुसार पहिलो मन्त्रिपरिषद् बैठकमा बाढी पहिरो पीडितका लागि राहत तथा उद्धारका विषयमा पनि छलफल भएको छ।
दोस्रो मन्त्रिपरिषद् बैठकमा कोरोना महामारी नियन्त्रण सम्बन्धि निर्णयहरु भएका छन्। कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा मन्त्रिपरिषदले विभिन्न निर्णय गरेको एकमन्त्रीले जानकारी दिए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment