सीमा बन्द भएका बेला नेपालको बाटो हुँदै सुनौली नाकाबाट भारत पुगे चिनियाँ नागरिक
काठमाडौं। नेपाल–भारत सीमाको सुनौली नाकाबाट भारत प्रवेश गरेका चिनियाँ नागरिक पक्राउ परेका छन् । भारतको महाराजगंज जिल्ला प्रवेश गरेका ती चिनियाँको पासपोर्टका अनुसार उनी ३७ वर्षका शेन लेइ भएको खुलेको छ । समाचार एजेन्सी प्रेस ट्रस्ट अफ इण्डियाका अनुसार उनीसँग वैधानिक भारतीय भिसा थियो तर कोभिड–१९ महामारीका कारण कुनै पनि विदेशी नागरिकलाई अर्को देशबाट भारत प्रवेश गर्न प्रतिबन्ध लगाइएको हुँदा उनलाई पक्राउ गरिएको महाराजगंज पुलिसले जनाएको छ ।
लेइलाई सीमा सुरक्षा बल (एसएसबी)ले अगष्ट २२ मा पक्राउ गरेको थियो । उनी गैरकानुनी रुपमा खेतको बीचमा बनेको गोरेटो बाटो हुँदै भारत प्रवेश गरेका थिए । महाराजगंजका एसपी रोहित सिंहले पीटीआइसँग भने ‘उनको नेपालको लागि पर्यटक भिसाको भने अगष्ट ४ मै म्याद गुज्रिएको थियो त्यसैले उनी गैरकानुनी रुपमा भारत प्रवेश गर्न चाहेका थिए । अनुसन्धानमा खेलेअनुसार उनी औषधि व्यापारी हुन् । उनी चीनबाट जनवरी ३० मा नयाँ दिल्ली आएका थिए । त्यसपछि मार्च ८ मा काठमाडौं आएका थिए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment