रसियन भ्याक्सिनबारे नेपालको चासो, रुसको प्राथमिकतामा नेपाल

डिसी नेपाल
८ भदौ २०७७ १६:१०

काठमाडौं। रुसले कोरोना विरुद्धको भ्याक्सिन तयार पारेको र नेपाललाई उच्च प्राथमिकतामा राखेको समाचार आइरहँदा नेपाल स्वास्थ्य अनुशन्धान परिषदका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवाली र वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल कुमार भट्टराईले नेपालका लागि रसियाका राजदूत एलेक्सी नोभिकभसँग भेटवार्ता गरेका छन्।

सोमबार रसियन दूतावासमा भएको भेटवार्तामा रुसले विकास गरेको कोरोना भ्याक्सिन दिन रुसले नेपाललाई उच्च प्राथमिकतामा राखेको बताएका थिए।
भेटमा राजदूतले नोभिकभले रसियाले विकास गरेको उक्त भ्याक्सिन आफ्ना नागरिकलाई प्रयोग गर्न थालेका विषयमा जानकारी गराएका थिए।

राजदूतले ह्युमन ट्रायल पूरा गरेर प्रयोग सुरु गरिएको बताएको भेटमा सहभागी डा. भट्टराईले बताए। राजदूतको भनाई उद्धृत गर्दै डा. भट्टराईले भने, ‘नेपालले भ्याक्सिन किनेर सप्लाई गर्न चाहेपनि हामीले प्राथमिकतामा राखेका छौं। हामी नेपाललाई सबै किसिमको सहयोग गर्न तयार छौं।’

भेटमा परिषदका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले रसियाले विकास गरेको भ्याक्सिनलाई आफूहरुले विशेष प्राथमिकतामा राखेको बताएका थिए। डा. भट्टराईको पहलमा उक्त भेटवार्ता भएको थियो।

यसअघि राजदूत नोभिकभले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गरेका थिए। उक्त भेटवार्तामा पनि डा. भट्टराई सहभागी थिए। उक्त भेटवार्तामा राजदूतले रुसले विकास गरेको कोरोना भ्याक्सिन नेपाललाई प्राथमिकताका साथ दिन तयार रहेको बताएका थिए।

उनले रसियाले विकास गरेको कोरोनाको भ्याक्सिन विश्वभरबाट अर्डर आउन थालिसकेको जानकारी गराउँदै नेपालले चाहेमा छिट्टै उपलब्ध गराउन पहल गर्ने बताएका थिए। ‘रसियाले तयार पारेको भ्याक्सिन नोभेम्वरमा विश्व बजारमा आउनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *