कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
म्याग्दी । कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धौलागिरी गाउँपालिका(३ दर भन्ने ठाउँ बस्ने ४४ वर्षीय चन्द्रवल घर्तीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
२०५७ कात्तिक २१ गते राति सोही ठाउँ बस्ने २२ वर्षीय गर्वे पाईजालाई घर्ती समेतले स्थानीय मकैबारीमा बन्चरो प्रहार गरी हत्या गरेको घटनामा जिल्ला अदालत म्याग्दीबाट २० वर्ष कैद सजाय भई फरार रहेकोमा जिल्ला प्रहरी कार्यालय म्याग्दीबाट खटिएको प्रहरीले घर्तीलाई पक्राउ गरेको हो ।
घर्तीलाई जिल्ला अदालत म्याग्दीमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि जिल्ला कारागार म्याग्दीमा पठाईएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।
फरार पक्राउ अभियान अन्तर्गत पछिल्लो २ महिनामा कर्तव्य ज्यान, डाँका चोरी, लागूऔषध लगायतका मुद्दाका १३ जना फरार कसुरदारलाई पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment