‘समाजको हौसला पायौं भने सबैलाई बचाउँछौं ‘

डिसी नेपाल
९ भदौ २०७७ १२:४६
4
Shares

चितवनमा कोरोनाको संक्रमण निरन्तर बढ्न थाल्यो। केही स्वास्थ्यकर्मी पनि संक्रमित हुनु भयो। समुदायमै कोरोना फैलिएपछि अस्पतालमा पनि ठाउँ नहुने संकेत देखिन थाल्यो।

हामीले निरन्तर अस्पतालका विभागीय प्रमुखहरु, समुदायका अगुवाहरु र सरोकार वालासँग बैठक, छलफल जारी राख्यौं। कसरी परीक्षणको दायरा बढाउने, स्वास्थ्यकर्मीको व्यवस्थापन कसरी गर्न सकिन्छ, धेरै संक्रमित देखिन थाले भने कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा हामीले छलफल थाल्यौं।

छलफल गर्ने क्रममा नै थकान लाग्ने, खान अरुची हुने, ज्वरो आउला झैं गरेको थियो। हामीले पीपीई, मास्क र सेनिटाइजर भरपूर प्रयोग गरेका कारण त्यतातिर सोचेनौं। भागदौडका कारण यस्तो भयो होला झैं लाग्यो। सावधानी त अपनाएकै थियौं। आफैं पनि स्वास्थ्यकर्मी भएकाले धेरै कुरामा ख्याल गर्ने गरिन्थ्यो। तर, पनि विसन्चो भएरै छोड्यो।

खानेकुराको स्वाद नहुने, नाकले गन्ध थाहा नपाउने, गलामा अवरुद्ध हुँदै गयो। अझै पनि कामको धपेडी हो भन्ने लागि रहेको थियो। तर, एक्कासी ज्वरो १०१.८ पुग्यो। अव भने मलाइ कामको धपेडी हो भन्ने भान हटेर गयो। मैले परीक्षण गर्नुपर्छ भन्ने लाग्यो। परीक्षण गराएँ। रिपोर्ट पोजेटिभ आयो। अनि अस्पताल आएँ, अहिले पनि अस्पतालको आइसोलसमा छु।

सबै भन्दा भरपर्दो कुरा हौसला हो झैं लाग्छ। हौसलाले नै हरेक रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्छ।  कोरोनाको प्रकृति हेर्दा निर्मुल हुन त अझै केही वर्ष लाग्छ होला। तर, भारतमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दो छ।

म लगायत चितवन अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी, नर्ससमेत गरी १३ जना कोरोनाका संक्रमित छौं। हामी एउटै वार्डमा बसेर स्वास्थ्य लाभ गरिरहेका छौं। कतिलाई नेगेटिभ आयो, कतिको विस्तारै सुधार हुँदै छ। अब को १ हप्तापछि फेरि काममा फर्कने तयारीमा छु।

कोरोना विरुद्धको लडाईँमा पहिलो घेरमा नै हामी स्वास्थकर्मी छौं। हामीलाई संक्रमित भइन्छ भन्ने कुरा थाहा हुन्छ। हामीले उच्च सुरक्षा सतर्कता पनि अपनाइरहेका हुन्छौं। तर पनि केही कुरामा अझै सतर्क हुनुपर्ने आवश्यकता हुन्छ। म पनि बुबा आमासँगै बस्छु।

घर एउटै भए पनि म सबै भन्दा मुनीको कोठामा बस्छु। खाना पनि अलगै खान्थे। विहानै अस्पताल आउने साँझमात्र फर्किने काम हुथ्यो। सबै कुरा अलग गराएका कारण परिवारका अरु सदस्यहरुमा कोरोना संक्रमण देखिएन। मलाइ पोजेटिभ भएपछि म अस्पताल नै आएँ र यही बसिरहेको छुँ।

कोरोना विरुद्धको लडाइमा हामी स्वास्थ्यकर्मी माथि समाजले दुर्व्वहार  गरेको समाचार सुन्न परिरहेको छ। एकदमै दुःख लाग्दो विषय हो यो। हामी स्वास्थ्यकर्मीको लागि समाजको सहयोग, हौसला र उत्प्रेरण भन्दा ठूलो केही छैन। मैले पनि समाजको हौसला पाएँ। खानपिनमा ध्यान दिएँ। स्वभाविक नै हो।

तर, पनि आफन्त, साथीभाइ, स्वास्थ्य क्षेत्रमा काम गर्ने साथीभाइहरुले जुन हौसला दिनुभयो, त्यो नै मलाइ कोरोनासँग लड्ने ठूलो तागत भयो। मैले गरेको अपेक्षा भनेको समाजले हामी स्वास्थ्यकर्मीलाई हौसला दियो र हामीले समाजको हौसला पायौं भने सबैलाई बचाउन सक्छौं।

संक्रमित भइसकेपछि खाने कुरामा पनि विशेष ध्यान दिनुपर्छ। झोलिलो पदार्थ सेवन गर्नु पर्छ। जस्तै, लसुनपानी, अदुवा पानी, बेसार पानी, पौष्टिक तत्व भएका चिज, अण्डा, माछामासु, गेडागुडीमा बढी जोड दिनुपर्छ।

हामीले हाम्रै करेसा बारीमा पाउने सागसब्जी, फलफूल र खानेकुरा ताजा बनाएर खाने गर्नुपर्छ। मैले पनि यस्तै कुराहरुलाई बढी जोड दिएको थिएँ। माछामासुको पनि सुपखानु पर्छ। अण्डा खाने, गेडागुडीको झोल खाएँ। यस्ता कुराहरुले हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, र कोरोनाको ब्याक्टेरियासँग लड्छ।

यी सबै खानेकुरा भनेको सहायक मात्र हुन्, सबै भन्दा भरपर्दो कुरा हौसला हो झैं लाग्छ। हौसलाले नै हरेक रोगसँग लड्ने क्षमता अभिवृद्धि गर्छ।  कोरोनाको प्रकृति हेर्दा निर्मुल हुन त अझै केही वर्ष लाग्छ होला। तर, भारतमा कोरोनाको संक्रमण दिन प्रतिदिन बढ्दो छ।

हाम्रो देशसँग पनि खुल्ला सिमाना छ। खुल्ला सिमाना र कोरोनाको बढ्दो प्रभाव भएको छिमेकीका कारण नेपालमा पनि तत्कालै कोरोना निर्मुल हुन्छ भन्न त मिल्दैन। तर, केही महिना भित्र केही कम हुनसक्छ। त्यो पनि समुदायमा बस्ने हरेक एक नागरिकको महत्वपूर्ण भूमिका रह्यो भने।

नागरिकको भूमिका नै विषेश हो। कोरोनाको रोकथाम तथा नियन्त्रणको प्रमुख कडीका रुपमा अहिले सामाजिक दुरी नै रहेको छ। सामाजिक दुरी कायम गर्न सकेको खण्डमा र मास्क सेनिटाइजर नियमति प्रयोग गरेको खण्डमा यो रोग रोकथाम हुन्छ।

धेरै फैलिन पाउँदैन। तर, हामीले यी कुराहरुलाई बेवास्ता गरेको खण्डमा भने भन्न सकिँदैन। नेपाल सरकार स्वास्थ्य मन्त्रालयले बनाएका कोरोना रोकथाम तथा न्यूनिकरणका मापदण्डहरुलाई पूर्ण रुपमा हामीले पालना गर्नु पर्छ र सामाजिक दायित्व निर्वाह गर्नु पर्छ।

डा. तिवारीसँग डिसी नेपालका तर्कबहादुर थापाले गरेकाे कुराकानीमा आधारित


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *