विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले लिए सपथ

डिसी नेपाल
७ साउन २०८३ १९:०८

काठमाडौं। विद्युत् नियमन आयोगका नवनियुक्त पदाधिकारीले पद तथा गोपनियताको सपथ लिएका छन्।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बिहीबार मन्त्रालयमा आयोगका अध्यक्ष डा. रामप्रसाद धिताल र सदस्यहरु बलराम सिलवाल, लोकराज पाठक, जयराज भण्डारीलाई सपथ ग्रहण गराएका हुन्।

ऊर्जामन्त्री श्रेष्ठले आयोगमा अनुभवी पदाधिकारी आएको भन्दै नीतिगत र संरचना सुधारका लागि काम गर्न निर्देशन दिए। उनले मन्त्रालयबाट आयोगको कामलाई पूर्ण सहयोग हुने प्रतिबद्धता पनि जनाए।

आयोगका पदाधिकारीले सरकारको स्पिरिटअनुसार सुशासनलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाए।

आयोगका अध्यक्ष धितालले सरकारको सुशासनको मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने बताए। मन्त्रालयको मार्गनिर्देशनमा नियामकीय भूमिका निर्वाह गर्ने, विद्युतको राष्ट्रिय खपत बढाउन सहजीकरण गर्नेलगायत काम गर्ने उनको भनाइ थियो।

‘आयोगलाई मन्त्रालयको नीतिगत मार्गदर्शन, अभिभावकत्व हुनुपर्छ। मन्त्रालयसँग क्लोज कोर्डिनेसनमा काम गर्छौं। यो टिमले निराश पार्दैन,’ उनले भने।

आयोगका सदस्यहरुले पनि आफूहरु २०औ वर्ष यही सेक्टरमा काम गरेको भन्दै आफ्नो सिकाइ र अनुभवलाई प्रयोग गरेर नतिजामुखी परिणाम निकाल्न लाग्ने प्रतिबद्धता जनाएका थिए।

मन्त्री श्रेष्ठले नियामकीय निकायको हिसाबले मन्त्रालयअन्तर्गतको डिओई र एनईएलाई पनि आयोगले सुपरीवेक्षण गर्नुपर्ने बताए। यो टिमबाट आयोगको गरिमा बढ्ने र उदाहरणीय बन्ने विश्वास व्यक्त गरे। उनले विद्युत प्राधिकरणको खरिद प्रक्रियाको पनि कार्यतालिका बनाएर हेर्न सुझाव दिए।

‘यो आयोगलाई गुड गभर्नेन्सको इस्ट्रुमेन्टको रूपमा लिएको छु। आयोगले सामाजिक न्यायलाई पनि हेर्नुपर्यो। पोलिसी ग्यापमा पनि योगदान होस्। कानुनलाई प्रेडेक्टिबल बनाउनुपर्यो,’ उनले भने।

आयोगबाट आफूले उर्जासँग सम्बन्धित निकायको शासकीय सुधार चाहेको मन्त्री श्रेष्ठले बताए।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *