लहानमा गोली लागेर दुई घाइते, ६ जना पक्राउ

डिसी नेपाल
७ साउन २०८३ १८:४५

सिरहा । सिरहाको लहानमा लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले गोली प्रहार गरी ६ जनालाई नियन्त्रणमा लिएको छ। बिहीबार लहान नगरपालिका वडा नम्बर ३ स्थित हस्पिटल चोकमा ब्यूरोको टोलीले उनीहरूलाई नियन्त्रणमा लिने क्रममा गोली चलाएको हो।

काठमाडौँको कोटेश्वरस्थित लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष टोलीले लागूऔषध कारोबारीहरूलाई पक्राउ गर्ने क्रममा उनीहरूबाट प्रतिरोध भएपछि आत्मरक्षाका लागि प्रहरीले गोली चलाएको बताइएको छ।

प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन्। घाइते हुनेमा एक नेपाली र एक भारतीय नागरिक रहेका छन्। उनीहरूलाई उपचारका लागि राउ स्मारक अस्पताल लहानमा राखिएको छ।

लागूऔषध नियन्त्रण ब्यूरोका अधिकारीका अनुसार पक्राउ परेका अन्य व्यक्तिहरूको समेत संलग्नताबारे थप अनुसन्धान भइरहेको छ। घाइतेहरूको पहिचान खुलाउने र घटनाको विस्तृत विवरण संकलन गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *