हुलहुज्जत किन भनेर बुझ्न जाँदा पत्रकारमाथि दुर्व्यवहार

डिसी नेपाल
११ भदौ २०७७ १३:२६
8
Shares

काठमाडौं। उपत्यकाका तीन वटै जिल्लामा निषेधाज्ञा जारी छ। भदौ ३ गतेबाट जारी गरेको निषेधाज्ञाको समयावधि बढाएर भदौ १७ गतेसम्म तोकिएको छ।

कोरोनका कारण जारी गरिएको निषेधाज्ञामा हुलहुज्जत गर्न नपाईने भन्ने छ। समाजिक दुरी कायम गर्नुपर्ने स्वास्थ्य मन्त्रालयको प्रोटोकलमै पर्छ।

तर, विहिबार भक्तपुरमा भने हुलहुज्जत गरेको देखिन्छ। सूर्यविनायक नगरपालिका वडा नं. १ मा रहेको प्रदेश सांसद शशिजंग थापाको घर अगाडी हुलहुज्जत देखियो।

प्रदेश सांसदकै घर अगाडी हुलहुज्जत भएपछि बुझ्न पुगेका डिसी नेपालका फोटो पत्रकार रमण मानन्धर तथा क्यापिटल एफ एमका समाचार प्रमुख विमल थापा माथि दुर्व्यवहार भएको छ। हुलहुज्जतले सवारी साधन माथि ढुङ्गामुडा गर्ने प्रयास गरेका थिए ।

प्रदेश सांसद थापाले भने गाउँमा बाहिरबाट आएर भाडामा बस्नेले राति मादक पदार्थ सेवन गरी होहल्ला गरेको र स्थानीयले उनीहरुलाई सम्झाइ बुझाई गरेका थिए। उनीहरुलाई प्रहरीले बालकोटमा लगेको छ। स्थानीयले छलफल गरीदिनुपर्ने भन्दै सांसद थापालाई आग्रह गर्न गएका हुन्। तर, फोटो पत्रकार मानन्धर तथा पत्रकार थापामाथि दुव्र्यवहार गर्नुको कारण थाहा नभएको उनले बताए।

पत्रकार मानन्धरले के हो भनेर बुझ्न जाँदा मिडिया बन्द गर भन्दै ढुङ्गामुडा गरेको र आफू मोटरसाइकलमा भागेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *