वैदेशिक रोजगारीमा जानेहरुका लागि श्रम स्वीकृति खुल्यो
सांकेतिक तस्वीर।
काठमाडौं। वैदेशिक रोजगारीका लागि जाने नेपाली श्रमिकहरुका लागि श्रम स्वीकृति खुलेको छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले श्रम स्वीकृति फेरि शुरु गर्ने निर्णय गरेको एकमन्त्रीले जानकारी दिए। तर, यस्तो श्रम स्वीकृति सबै रोजगार गन्त्व्य मुलुकका लागि भने खुलाइएको होइन।
कोरोना महामारीका कारण गएको चैतदेखि सरकारले श्रम स्वीकृति दिन बन्द गरेको थियो। मन्त्रिपरिषदले कोरोना संक्रमणको जोखिम कम भएका मुलुकहरुका लागि श्रम स्वीकृति दिने निर्णय गरेको एकमन्त्रीले बताएका उनका अनुसार दक्षिण कोरिया (ईपीएस), जापान, इजरायल, साइप्रस, रोमानिया, पोल्याण्डलगायतका मुलुकमा जानका लागि श्रम स्वीकृति दिने निर्णय भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment