लिपुलेकमा तैनाथ सुरक्षाकर्मीलाई नेपाल सरकारको नयाँ निर्देशन, ‘ब्याकफूट’मा पुग्यो भारत
फाइल फाेटाे।
काठमाडौं। नेपाल सरकारले लिपुलेकमा तैनाथ आफ्ना सुरक्षाकर्मीलाई यस क्षेत्रमा तैनाथ भारतीय सेनाका गतिविधिहरु सूक्ष्म रुपमा अनुगमन गर्न निर्देशन दिएको छ । भारत र चीनबीच सीमा विवाद चर्किएका बेला नेपाल सरकारले यहाँ तैनाथ आफ्ना सुरक्षाकर्मीलाई यस्तो निर्देशन दिएको समाचार एजेन्सी आइएएनएसले जनाएको छ । कालापानीको शीर्षमा पर्ने लिपुलेक नेपाल, भारत र चीनको त्रिदेशीय सीमा क्षेत्र हो ।
गत हप्ता केपी शर्मा ओली सरकारको गृह मन्त्रालयले सीमामा तैनाथ सशस्त्र प्रहरी बललाई त्रिदेशीय सीमामा अनुगमन सुरु गर्न निर्देशन जारी गरेको हो । लिपुलेकमा सशस्त्र प्रहरीको ४४ बटालियन तैनाथ छ । सशस्त्रले भारत र चीनबीच सम्भावित तनावलाई मध्यनजर गर्दै लामो दूरीको गस्तीको लागि आग्रह गरेको छ । लिपुलेकमा चीनले पनि सैनिकको संख्या बढाएको छ । उसले त्रिदेशीय सीमामा १५० सैनिकसहितको लाइट कम्बाइन्ड आर्म्स ब्रिगेड तैनाथ गरेको छ । यो ब्रिगेड गत महिनाम मात्र यहाँ आएको हो । चीनले सीमाबाट १० किलोमिटर दूरीमा रहेको पालामा पनि सैन्य शक्ति बढाएको छ । जुलाइमा पालानजिकै चीनले स्थानी पोस्ट स्थापना गरेर १० हजार सैनिक तैनाथ गरेको थियो । ‘२ हप्तापछि नै त्यहाँ २ हजार थप सैनिक तैनाथ गरिएका छन्’ स्रोतले भन्यो ।
भारतले लिपुलेक क्षेत्रमा सडक निर्माण गरेपछि यसले नेपाल र भारतबीच कूटनैतिक तनाव बढाएको थियो । काठमाडौंले यो क्षेत्र आफ्नो भएको दावी गरेको थियो । भारतले यो सडक कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई सहज बनाउन निर्माण गरेको बताएको थियो । तनाव बढ्दै गएपछि नेपालले यी क्षेत्र आफ्नो भूभागभित्र समेटेर नयाँ राजनैतिक नक्सा समेत जारी गरेको थियो ।
उता भारत र चीन पनि गएको मे महिनादेखि सीमाका विभिन्न क्षेत्रहरुमा भिडिरहेका छन् । चीनले लाइन अफ एक्चुअल कन्ट्रोलका कैयौं क्षेत्रमा भारतीय भूभागभित्र प्रवेश गरेर त्यहाँको यथास्थिति परिवर्तन गरेको छ । भारतले यसमा आपत्ति जनाएको छ र भारत र चीनबीच विभिन्न तहका वार्ताहरु भइरहेका छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment