तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने प्रधानमन्त्रीको संकेत

डिसी नेपाल
१९ भदौ २०७७ १५:५५

काठमाडौं। पार्टीभित्रका विवाद समाधानका लागि गठित कार्यदलले मन्त्रिपरिषद पुनर्गठन गर्न सुझाव दिएपछि चाँडै मन्त्रिपरिषद पुनर्गठन हुने आकलन गरिएको थियो। तर प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने संकेत गरेका छन्।

शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले आफू तत्काल मन्त्रिपरिषद पुनर्गठन गर्ने पक्षमा नरहेको भन्दै मन्त्रीहरुलाई नतिजा निस्किने गरी काम गर्न निर्देशन दिएको एक मन्त्रीले जानकारी दिए।

मन्त्री परिवर्तन हुने चर्चासँग कर्मचारीले मन्त्रीलाई टेर्न छाडेको, मन्त्रीले गर्ने कामको नतिजा ननस्किएको चर्चा भइरहेका बेला प्रधानमन्त्री ओलीले तत्काल मन्त्रिपरिषद पुनर्गठन नहुने संकेत गरेका हुन्।

प्रधानमन्त्री ओलीले रिक्त मन्त्रालयमा मन्त्री नियुक्त गर्ने नगर्ने भन्ने विषयमा भने केही उल्लेख नगरेको एक मन्त्रीले जानकारी दिए। आजै अर्थमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने भएका छन्। उनको राजीनामासँगै दुई वटा मन्त्रालय रिक्त हुनेछन्। शहरी विकास मन्त्रालय राज्यमन्त्रीको भरमा चल्दै आएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *