नेपालका लागि अष्ट्रेलियन राजदूतले प्रधानमन्त्रीसँग गरे विदाई भेट

डिसी नेपाल
१९ भदौ २०७७ २०:५४

काठमाडौं। पदावधि सकिएर स्वदेश फर्किन लागेका नेपालका लागि अष्ट्रेलियाका राजदूत पिटर बडले शुक्रबार प्रधानमन्त्री केपी ओलीसँग भेट गरेका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले सो प्रधानमन्त्री निवास बालुवाटारमा सो भेट भएको जानकारी दिए।

भेटका अवसरमा अष्ट्रेलियाले नेपालको विकासमा गरेको सहयोगको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले आगमी दिनमा पनि द्विदपक्षीय हितका विषयमा सहयोग आदानप्रदान जारी रहने विश्वास व्यक्त गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *