हरिवंश आचार्य दम्पतीलाई कोरोना संक्रमण

डिसी नेपाल
२० असोज २०७७ १७:३९
884
Shares

काठमाडौं। कलाकार हरिवंश आचार्य र उनकी श्रीमती रमिला देवी कोरोना संक्रमित भएका छन्। कलाकार आचार्यले सामाजिक सञ्जालमार्फत आफूहरु संक्रमित भएको जानकारी दिँदै आफूहरुको सम्पर्कमा आएका व्यक्तिहरुलाई सचेत रहन भनेका छन्।

आचार्यले आफूहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन्। उनले भनेका छन्, ‘सामान्य लक्षण देखिएकोले हिजो मेरो र मेरो श्रीमती रमिलाको पीसीआर गरेका थियौं, हामी दुवै जनाको कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आज आयो। हाम्रो स्वास्थ्य अवस्था सामान्य छ, हामीसँग सम्पर्कमा रहनुभएका सम्पूर्ण महानुभावहरुले होम आइसोलेशनमा बसेर निर्धारित समयमा परीक्षण गराउनुहोला। यहाँहरुको माया, आशिर्बाद र शुभेच्छाको कारण हामीले छिट्टै कोरोना संक्रमणलाई जित्ने छौं। कोरोना संक्रमण ब्यापक रुपमा फैलिएको हुँदा यहाँहरु सबैले जनस्वास्थ्यका मापदण्ड अनिबार्य रुपमा अबलम्बन गर्नुहुन अनुरोध गर्दछौं।’

https://www.facebook.com/hari.bamsha.acharya/posts/10158723352668695

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *