जुगल गाउँपालिका अध्यक्ष श्रेष्ठलाई कोरोना पुष्टि
सिन्धुपाल्चोक । जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । गाउँपालिका राष्ट्रिय महासघका अध्यक्ष समेत रहेका उनलाई आज सङ्क्रमण पुष्टि भएको हो।
उनले सामाजिक सञ्जाल मार्फत आफूलाई कोरोना पुष्टि भएको जानकारी गराएका हुन् । उनले भनेका छन् “अहिले म होम आइसोलेसनमै बसिरहेको छु । मेरो स्वास्थ्य अवस्था सामान्य छ । यस बीचमा मेरो सम्पर्कमा आउनु भएकाहरुले सावधानी अपनाउनु होला । ”
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment