रास्वपा केन्द्रीय समितिको बैठक वनस्थलीमा जारी: महाधिवेशन समीक्षा र सांठनिक मनोनयनबारे छलफल

डिसी नेपाल
१३ साउन २०८३ १४:४९

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक काठमाडौंको वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टी घर’ मा बसिरहेको छ।

बैठकमा हालै सम्पन्न महाधिवेशनको समग्र समीक्षा, आवश्यक कार्यविधिको तर्जुमा तथा परिमार्जन, सांगठनिक व्यवस्थापन एवं विभिन्न पदहरूमा मनोनयनका विषयमा गहन छलफल भइरहेको जनाइएको छ।

त्यसैगरी पार्टीले आगामी दिनमा सञ्चालन गर्ने संगठन विस्तार अभियान तथा विभिन्न राजनीतिक कार्यक्रमहरूबारे पनि बैठकमा विचार-विमर्श भइरहेको छ।

पार्टीका महामन्त्री विपिनकुमार आचार्यका अनुसार केन्द्रीय समितिको यस बैठकमा सांगठनिक एजेन्डाका साथसाथै मुलुकको पछिल्लो राजनीतिक परिस्थिति र अन्य समसामयिक विषयमा समेत विस्तृत छलफल भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *