रक्तदान, जीवनदान : एक जनाकाे रक्तदानबाट तीन जनाकाे ज्यान बच्छ

डिसी नेपाल
२७ असोज २०७७ ११:५१

‘रक्तदान, जीवनदान’ भन्ने मुल नारासहित अमेरिकामा रहेका नेपालीहरुलाई रक्तदानमा उत्प्रेरित गराउने तथा स्वास्थ्य सम्बन्धि जानकारी उपलब्ध गराउने उद्देश्यले स्थापित भएको संस्था Blood Donors of America (BDA) र नेपाली संस्कृति र परम्परालाई यो प्रवासमा पनि अक्षुण्य राख्न दत्तचित्त भएर अमेरिकाका दक्षिण–पूर्वका राज्यहरुमा आफ्ना गतिबिधिहरु गरिरहेको संस्था Nepalese Association in Southeast America (NASeA)  मिलेर अमेरिकाका १६ राज्यका २१ शहरमा September-26-2020को सप्ताहन्तमा १७४ पिण्ट रगत संकलन गरेर रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भयो।

कोभिड–१९ को महामारीले आक्रान्त पारेको यो प्रतिकुल समयमा पनि यसरी उल्लेख्य रुपमा रक्तदान गरेर कार्यक्रम सम्पन्न हुनु धेरै राम्रो कुरा हो। मानव रगत कुनै प्रयोगशालामा नबन्ने भएकोले दुर्घटनामा अत्याधिक रगत बगेका, ठूला शल्यक्रिया गर्नुपर्ने लगायतका ब्यक्तिलाई रगतको सधैं आवश्यकता परिरहेको हुन्छ, जुन अरु कुनै व्यक्तिले दिएर मात्र सम्भव हुन्छ।

सन २००९ मा अमेरिकाको न्यूयोर्क राज्यमा स्थापित भएको बिडिएले बिस्तारै आफूलाई राज्य स्तरमा पनि फैलाउँदै लागिरहेको छ। १५ सदस्यीय केन्द्रीय समिति बाहेक प्रत्येक राज्यका नेपाली समुदायहरुलाई जोडेर राज्य स्तरीय समितिहरु तथा चारवटा time zone हरुमा क्षेत्रीय समितिहरु समेत बनाएर आफ्ना गतिबिधिहरु अगाडि बढाइरहेको बिडिएले अरु बिभिन्न नेपाली संस्थाहरुलाई पनि रक्तदान सम्बन्धि कार्यमा बिडिएसँग सहकार्य गर्न आह्वान गर्ने गरेको छ।

यसै सन्दर्भमा त्यस्ता संस्थाहरुसँग MOU नै गरेर सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्य सहित बिडिएले नाशियासँग सेप्टेम्वर महिनाको सुरुमा MOU गरेको थियो। साथै अरु नेपाली संस्थाहरु ANMA, NRNA लगायतसँग पनि MOU गरेर अगाडि बढ्ने किसिमले काम भैरहेको छ।

बिभिन्न ठाउँमा बिभिन्न समयमा रक्तदान भैरहेपनि धेरै ठाउँमा एकैपटक synchronized blood donation बिडिएले सन २०१८ देखि गर्दै आएको थियो, जसमा नाशिया लगायतका संस्थाहरु सहभागी भएका थिए अरु वर्ष नेपाली नयाँ वर्षको समय पारेर अप्रिल महिनामा गर्ने गरिएको भएपनि यो वर्ष कोभिड–१९ का कारण त्यो सम्भव भएन।

तर अब बिस्तारै जाडोको समय सुरु हुने र यस्ता ठूला गतिबिधि गर्न गाह्रो हुने भएकोले   बिडिए र नाशियाको नेतृत्व तहको सल्लाह अनुरूप सेप्टेम्वर–२६ को सप्ताहन्तमा यो वर्षको कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रमको मुख्य संयोजन बिडिए महासचिव सतिस गुप्ताले गर्नुभएको थियो भने बिडिए अध्यक्ष डा. लीलाराज दाहाल, पूर्व अध्यक्ष डा. नन्द रेग्मी, बरिष्ठ उपाध्यक्ष रेशम घर्ती, नाशिया अध्यक्ष बिनय अर्याल, तथा महासचिव कृष्ण श्रेष्ठ सहितको समूहले बिभिन्न स्थानमा निरन्तर सहयोग, समन्वय, र सम्पर्क गरेको थियो।

यसबाहेक स्थानीय रुपमा नर्थ क्यारोलाइना राज्यमा NRNA लगायतका स्थानीय संस्थाहरु तथा कनेक्टिकट, विस्वन्सिन लगायत राज्यहरुमा ल्च्ल्ब् को स्थानीय कमिटिको पनि ब्यापक सहयोग र समर्थन प्राप्त थियो।

स्थानीय रुपमा संयोजन गर्नुहुने महानुभावहरुको विवरण बिडिएको वेबसाइट  www.blooddonorsofamerica.org/blood-donation-activitiesफाइलमा उपलब्ध छ। अन्त्यमा, कोरोना कहरको यो अत्यासलाग्दो समयमा पनि मानव जीवनलाई बचाउन जागरुक भएर लाग्नुहुने, नेतृत्व गर्नुहुने संयोजकहरु तथा सहभागि हुनुहुने सम्पूर्ण रक्तदाताहरुलाई बिडिए र नाशियाको नेतृत्व हार्दिक आभार ब्यक्त गर्दछ।

बिशेष धन्यवाद बिडिए महासचिव सतिस गुप्ता, विस्कन्सिन राज्य संयोजक टुक रेग्मी, तथा एरिजोना राज्य संयोजक तिलक महतोलगायतलाई जान्छ, जसको परिवारबाट ३–३ जनाले रक्तदान गर्नुभएको थियो भने कोलोराडो संयोजक श्रीराम लुईंटेलको परिवारबाट २ जनाले रक्तदान गर्नु भएको थियो।

साथै भविष्यमा यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइने विश्वास दिलाउँदै यहाँहरुको जुझारु उपस्थितिको बिडिए तथा नाशिया सविनय अपेक्षा समेत गर्दछ। जीवन बचाउन सक्नु भन्दा ठूलो पुण्य केही पनि छैन। एक जनाले दिएको रगतले ३ जनासम्मको जीवन बचाउन सकिने आधारमा यस अभियानमा जम्मा भएको १७४ पिण्ट रगतले ५२२ जनासम्मको जीवन बचाउन सक्नेछ, जुन आफैंमा अत्यन्तै ठूलो कुरा हो।

त्यसैले यहाँहरु पनि रक्तदान मार्फत मानव सेवामा संलग्न हुन चाहनु हुन्छ र त्यसको लागि आफ्नो क्षेत्रका बिडिएका ब्यक्तित्वहरुसँग सम्पर्क गर्न चाहनु हुन्छ भने आवश्यक जानकारी बिडिएको वेबसाइट www.blooddonorsofamerica.org मा पाउन सक्नु हुनेछ । धन्यवाद !




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *