कोलकातामाथि मुम्बईको एकतर्फी जित
काठमाडौं। यूएईमा जारी आईपीएलको शुक्रबार भएको खेलमा ब्याटिंग र बलिंगमा उत्कृष्ट प्रदर्शन गरेपछि मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्समाथि सहज जित हात पारेको छ।
अबुधाबीमा टस जितेर पलिहा ब्याटिंग गरेको कोलकातालाई उत्कृष्ट बलिंग गरेको मुम्बईले १४८ रनमा रोक्यो। कोलकाताका लागि नवनियुक्त कप्तान इयन मोर्गन र पाट कमिन्सले सम्मानजनक स्कोरसम्म पुर्याएका थिए।
कमिन्सले ५३ रन बनाए भने मोर्गनले ३९ रन बनाएका थिए। अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्।
जवाफी ब्याटिंग गरेको मुम्बईले दुई विकेट गुमाएर १७ औं ओभरमै लक्ष्य प्राप्त गर्यो। मुम्बईका लागि ओपनर क्वान्टन डिककले नटआउट ७८ रन बनाए। यस्तै रोहित शर्माले ३५ रन बनाए भने हार्दिक पंड्याले नटआउट २० रन बनाए।
जितसँगै मुम्बई अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। उसको ८ खेलमा ६ जितका साथ १२ अंक भएको छ। दिल्ली क्यापिटल्सले पनि ८ खेलमा ६ खेल जितेर १२ अंक जोडेको छ। तर, रनरेट मुम्बईको राम्रो हुँदा दिल्ली दोस्रो स्थानमा झरेको छ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment