काम गर्दा गर्दै टेक्सासमा एक नेपालीलाई हृदयघात, अझै होस खुलेन

डिसी नेपाल
१ कार्तिक २०७७ ६:४८

टेक्सास। अमेरिकाको टेक्सास राज्यको अष्टिन भन्ने शहरमा रेष्टुराँमा काम गर्दा गर्दै एक नेपाली कामदारलाई ब्रेन ह्यामरेज भएको छ। अष्टिनमा एक्लै बस्दै आएका रुपसिंह गुरुङको १८ दिनदेखि होस् खुलेको छैन।

उनी नेपालीकै रेष्टुराँमा काम गर्दैं आएका थिए। कार्यस्थलमा नै अचानक ढलेपछि उनलाई सेन्ट डेभिड्स मेडिकल सेन्टरमा भर्ना गरिएको थियो। ५४ वर्षका उनी अझै आईसीयूमै छन्।

उनका परिवारका सबै सदस्य नेपालको पोखरामा नै भएको र उनी एक्लै रहेका कारण उनको उपचारमा अष्टिनमा रहेका केही समाजसेवी नेपालीहरुले सहयोग पुर्याइरहेका छन्। सो मेडिकल सेन्टरमा एकजना नेपाली डाक्टरसमेत कार्यरत रहेकोले गुरुङको रेखदेख उनी डाक्टरले गर्ने गरेको बताइएको छ।

रुपसिंह गुरुङ

रुपसिंहका श्रीमती र दुई छोरी छन्। अष्टिनमा रहेका सामाजिक कार्यकर्ता देवराज न्यौपानेले रुपसिंहका परिवार अमेरिका आउने भिसा प्रक्रियामा रहेको जनाकारी आएको बताए।

स्याङ्जा पुख्र्याैली घर भई उनको परिवार पोखरालेखनाथ नगरपालिकाको बुढीबजारमा बस्दै आएको छ। डाक्टरहरुले गुरुङ निको भए पनि प्यारालाइसिस हुने र बोल्न नसक्ने अवस्था आउन सक्ने जनकारी दिएको न्यौपानेले डिसी नेपाललाई बताए।

उमेश न्यौपाने

 

उता, ग्यास स्टेशनमा काम गर्दा गर्दै लुटेराको गोली लागी गम्भीर घाइते भएका अष्टिन निवासी उमेश न्यौपानेको डेल स्टेशन मेडिकल सेन्टरमा उपचार भइरहेको छ। किड्नीसहित उनका ३ वटा सर्जरी भइसकेको र आइसियूमै राखेर उपचार भइरहेको छ।

यी दुवै विरामीहरुलाई अष्टिनमा रहेका नेपालीहरुले आर्थिक अभियान शुरु गरेको सामाजिक कार्यकर्ता देवराज न्यौपानेले जानकारी दिए। गो फण्ड गो खोलेर दुबैका लागि आर्थिक संकलन गरी नेपाली समुदायका तर्फबाट केही सहयोग गर्ने उद्देश्यले काम शुरु भएको उनले बताए । यसरी संकलन भएको रकम दुबैलाई बराबरी बाँडिने छ। सहयोगका लागि तलको लिंकमा क्लिक गर्न सकिने छ।

GANS -Charity – Support for Umesh N. and Rup G.




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *