कान्तिपुर डेन्टल कलेज अनिश्ति सयमका लागि बन्द
काठमाडौं। कान्तिपुर डेन्टल कलेज तथा रिसर्च सेन्टर अनिश्चित समयका लागि बन्द गरिएको छ। कलेजले एक सूचना जारी गर्दै कार्तिक १ गतेबाट कलेज अर्को सूचना नहुँदासम्मका लागि बन्द भएको जनाएको छ।
कलेजले कोरोना महामारी र चाडपर्व आएको भन्दे आपीडी सेवासेमत बन्द गरिएको जनाएको छ।
कलेजले बढ्दो कोरोना महामारी र दशैंका कारण कलेज बन्द गरिएको बताए पनि सो कलेजका कर्मचारीहरु कोरोना संक्रमित भएकाले बन्द गरिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार कलेजका चेयरमेन, लेखापालसहित ३० भन्दा धेरै कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment