जितसँगै दिल्ली शीर्ष दुईमा पर्दै प्लेअफमा, हारपछि पनि आरसीबी ढुक्क, कोलकता तनावमा
काठमाडैं। यूएईमा जारी आईपीएलको लिग चरणको अन्तिम खेलमा दिल्ली क्यापिटल्स जित हात पार्दै शीर्षमा दुई रहँदै प्लेअफमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)लाई ६ विकेटले पराजित गर्दै प्लेअफ दौड पक्का गर्यो। हारपछि पनि आरसीबी प्लेअफमा पुगेको छ। तर, हाल अंकतालिको चौथो स्थानमा रहेको कोलकाता नाइट राइडर्सलाई भने तनाव भएको छ।
पहिला ब्याटिंग गरेको आरसीबीले ७ विकेट गुमाएर १५२ रन बनाएको थियो। दिल्लीका लागि शिखर धवन र अजिंक्य रहाणेले अर्धशतक बनाएपछि ४ विकेट गुमाएर १९ ओभरमा जित दिलाए।
यदि यो खेल १७ ओभर ३ बलमा दिल्लीले जितेको भए आरसीबी अंक तालिको चौथो स्थानमा खस्किने थियो। र कोलकाता तेस्रो नम्बरमा उक्लिने थियो। तर, खेल १९ ओभरसम्म पुगेकाले १४ अंक रहेको आरसीबी पनि प्लेअफ पुगेको छ।
लिग चरणको एकमात्र खेल बाँकी रहँदा प्लेअफ पुग्ने तीन टिमको टुंगो लागेको छ भने अन्तिम खेलपछि चौथो टिमको टुंगो लाग्ने छ। १२ अंक रहेको र रनरेट राम्रो रहेको सनराईजर्स हैदरवाद र शीर्ष स्थानको मुम्बई इण्डियन्सबीच मंगलबार खेल हुँदै छ। यो खेलमा हैदरावाद विजयी भए कोलकाता प्लेअफबाट बाहिरने छ भने हैदरवाद तेस्रो हुँदै प्लेअफमा पुग्ने छ। तर, मुम्बई इण्डियन्स विजयी भए कोलकाता चौथो स्थानमा रहँदै प्लेअफ पुग्नेछ।







डिसी नेपाल








Facebook Comment