एक दिवसीय क्रिकेटमा पहिलो जीत हात पार्न सफल नेपाली टोलीलाई अध्यक्ष प्रचण्डको बधाई
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेटमा पहिलो जीत हात पार्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन्।
एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको पहिलो पाइला निकै उत्साहजनक र प्रशंसनीय रहेको उल्लेख गर्दै उनले शुक्रबार राति नेदरल्याण्ड्सविरुद्ध नेपालले ऐतिहासिक जीत हासिल गर्न सफल भएबाट विश्व क्रिकेटमा समेत नेपालले गौरवपूर्ण इतिहास बनाउने आशा झनै बलियो भएको बताए।
अध्यक्ष दाहालले भनेका छन्,, “नेपाली क्रिकेट टोलीका यो जीतका लागि कप्तान पारस खड्कादेखि सम्पूर्ण टोली, प्रशिक्षक र विश्वभरीका नेपालीमा हार्दिक बधाई तथा भविष्यमा अझै राम्रो खेलको आशासहित शुभकामना व्यक्त गर्दछु।”
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment