एफएनसीसीआइ जिल्ला नगर उपाध्यक्षमा प्रधान समूहबाट दिनेश श्रेष्ठ विजयी

डिसी नेपाल
१४ मंसिर २०७७ ०:४८

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघको जिल्ला नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ बिजयी भएका छन्। प्रधान समूहबाट चुनाब लडेका श्रेष्ठले ५८ मत पाएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी गुणनिधि तिवारीले ४७ मत पाएका छन् ।

जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा शोभाकान्त पौडेल, राजन श्रेष्ठ, तारानाथ घिमिरे, देव कुमार श्रेष्ठ, कमल कुमार श्रेष्ठ, रामेश्वर मानन्धर, गजेन्द्र कुमार भगत, चक्रबहादुर अधिकारी, अरुणराज सुमार्गी, रामेश्वर मानन्धर, डिबी बस्नेत र सुरकृष्ण वैद्य विजयी भएका छन् ।

यसैगरी कुविर कुमार श्रेष्ठ, कमान बहादुर खड्का, गोपाल केडिया, महेन्द्र कुमार श्रेष्ठ, उमेश डालमिया, किशोर कुमार आचार्य र अमृत भट्टचन पनि जिल्ला नगरतर्फको कार्यकारिणी सदस्यमा निर्वाचित भएका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *