गरिमा विकास बैंकलाई उत्कृष्ट वार्षिक प्रतिवेदनका लागि ‘सिल्भर अवार्ड’

डिसी नेपाल
२१ असार २०८३ १०:५२

काठमाडौं। गरिमा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईसीएएन) द्वारा प्रदान गरिने ‘उत्कृष्ट वार्षिक प्रतिवेदन (बीपीए) अवार्ड २०२५’ अन्तर्गत सिल्भर अवार्डबाट सम्मानित भएको छ।

विभिन्न कम्पनीहरूले प्रकाशन गर्ने वार्षिक प्रतिवेदनको पारदर्शीता, उत्तरदायित्व र सुशासनसम्बन्धी मापदण्डलाई आधार मानी आईसीएएनले यो अवार्ड प्रदान गर्दै आएको छ। बैंकहरूले प्रकाशन गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनका आधारमा विकास बैंक समूहतर्फबाट गरिमा विकास बैंकले यो प्रतिष्ठित अवार्ड प्राप्त गरेको हो।

काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका बीच आईसीएएनका अध्यक्ष सीए नीलबहादुर सारु मगरले गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृतमाधवप्रसाद उपाध्याय र लेखा विभाग प्रमुख केशव तिमिल्सिनालाई उक्त अवार्ड हस्तान्तरण गरेका थिए।

ISO 9001:2015 र ISO 27001:2022 मान्यता प्राप्त यस विकास बैंकले हालै अन्य प्रतिष्ठित विधामा पनि सफलता हासिल गरेको छ।

बैंकले न्यु बिजनेश एज लिमिटेडद्वारा मे ८, २०२६ मा आयोजित न्युबिज कन्क्लेभ एन्ड बिजनेश एक्सीलेन्स अवार्ड्सको १०औँ संस्करणमा ‘बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२६’ अवार्ड प्राप्त गरेको थियो।

त्यसैगरी, कर्पोरेट बिजनेश म्यागाजिनद्वारा जुन १८, २०२६ मा आयोजित कर्पोरेट बिजनेश अवार्ड एन्ड समिट २०२६ मा विकास बैंक समूहतर्फ ‘डेभलपमेन्ट बैंक अफ द इयर २०२६’ बाट समेत बैंक सम्मानित भइसकेको छ।

हाल गरिमा विकास बैंक लिमिटेडले देशभरिका १२६ शाखा कार्यालय, ५१ एटीएम एवं नवीनतम डिजिटल बैंकिङमार्फत करिब ९ लाख ग्राहकहरूलाई सरल, सुरक्षित तथा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *