तत्कालीन निमित्त जिल्ला अधिकारीसहित दुई जनालाई आरोपपत्र दायर
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लमजुङ जिल्लाका दुई जना व्यक्तिलाई आज झुटा विवरण पेस गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
सुन्दरबजारस्थित आर्दश बाल माध्यमिक विद्यालयमा माध्यमिक तहमा कार्यरत शिक्षक नवराज केसी र तत्कालीन जिल्ला शिक्षा कार्यालय लमजुङका निमित्त जिल्ला शिक्षा अधिकारी होमनाथ न्यौपानेविरुद्ध आरोपपत्र दायर गरिएको हो।
आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुरमा सोही ऐनको दफा १६ को उपदफा (१) बमोजिमको कैद र जरिवाना र सजायको मागदाबी गरिएको जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment