प्रतितोला ७ सयले घट्यो सुनको मूल्य

डिसी नेपाल
१५ मंसिर २०७७ १२:५९
224
Shares

काठमाडाैं । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य पुनः ओरालो लागेको छ। आज सुनको मूल्य प्रतितोला रु ७०० ले ओरालो लागेको छ।

यही मङ्सिर १ गतेदेखि लगातार ओरालो लागेको सुन आजसम्म आइपुग्दा रु पाँच हजार १०० ले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। छापावाला सुन आज प्रतितोला रु ९० हजारमा कारोवार भएको छ। आइतबार छापावाला सुन प्रतितोला रु ९० हजार ७०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन आज प्रतितोला रु ८९ हजार ५५० मा कारोवार भएको छ। आइतबार प्रतितोला रु ९० हजार २०० मा कारोवार भएको थियो। आइतबारको तुलनामा तेजाबी सुन प्रतितोला रु ६५० ले घटेको हो । यस्तै चाँदीसमेत आज प्रतितोला रु ३० ले घटेको छ ।

आइतबार प्रतितोला रु एक हजार १५० मा कारोवार भएको चाँदी आज प्रतितोला रु एक हजार १२० मा खरीदबिक्री भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.