कडा सुरक्षा व्यवस्थाका साथ नेकपा स्थायी कमिटीको बैठक सुरु, प्रधानमन्त्री ओली भने अनुपस्थित

डिसी नेपाल
२१ मंसिर २०७७ १३:५८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटिको बैठक पार्टी कार्यालय धुम्बारहीमा सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको अनुपस्थितीमा नै स्थायी कमिटिको बैठक सुरु भएको हो।

पार्टी कार्यालय धुम्बारही वरपरको सुरक्षा व्यवस्था अन्यन्तै कडा बनाइएको छ। स्रोतका अनुसार पार्टी कार्यालय वरपरका घरका छतहरुमा समेत सुरक्षाकर्मी तैनाथ गरिएको छ।

प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले स्थायी कमिटिको औचित्य नभएको बताउँदै आएका छन्। शनिवारको सचिवालय वैठकमा अध्यक्षद्वयले प्रस्तुत गरेका प्रतिवेदनमाथि स्थायी कमिटीमा छलफल हुने भएको छ।

सचिवालयबाट कुनै पनि निष्कर्ष नआएपछि प्रस्तावहरुलाई स्थायी कमिटिमा लगेर निष्कर्ष निकाल्ने सुझाव सचिवालय सदस्यहरुले दिएका थिए।

कर्णाली विवाद, राजदुत नियुक्त र मन्त्रिपरिषद् हेरफेरको विषयहरुले नेकपा भित्रको विवाद एकपछि अर्को गर्दै सतही हुँदै आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *