रास्वपा बागलुङको सभापतिमा रायमाझी
गण्डकी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), बागलुङको सभापतिमा ढालेन्द्र रायमाझी निर्वाचित भएका छन्। आज भएको जिल्ला अधिवेशनमा सभापतिका अर्का प्रत्याशी पुनमप्रसाद शर्मालाई ११ मतले पछि पार्दै रायमाझी विजयी भएका हुन्।
रायमाझीले ९३ मत ल्याउँदा शर्माले ८२ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ। उपसभापतिमा खिनानन्द पौडेल, सचिवमा लिलबहादुर खत्री ‘बबिन’ र सहसचिवमा बालकृष्ण शर्मा निर्वाचित हुनुभएको जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment