ईयूको वक्तव्य स्वागतयोग्य : मन्त्री भट्टराई

डिसी नेपाल
२२ मंसिर २०७७ १३:५०

काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले युरोपियन युनियन संघ (ईयू) ले नेपालको हवाई क्षेत्रमा लगाएको उडान प्रतिबन्ध छिट्टै हट्ने संकेत दिएको बताएक छन्।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले ईयूले जारी गरेको वक्तब्य स्वागतयोग्य रहेको भन्दै नेपालको हवाई उड्डयन कालोसूचीबाट छिट्टै हट्ने विश्वास व्यक्त गरेका हुन्।

पछिल्लो समय नेपालले नागरिक उड्डयन क्षेत्रमा संगठनात्मक पुर्नसंरचना गर्नका लागि ड्राफ्ट तयार गरी संघीय संसदमा छलफल भइरहेको बताउँदै उनले संसदबाट ऐन पारित भएपछि ईयूले उठाएका अधिकांश चासो सम्बोधन हुने बताए।

नेपालले नागरिक उड्डयन क्षेत्रमा गरेको सुधारका कारण दुर्घटनासमेत कम हुँदै गएको अवस्थामा ईयूले सकारात्मक स्टेटमेन्ट जारी गर्नुले उत्साहित बनाएको उनको भनाइ छ। ईयूले सन २०१३ को डिसेम्बर देखि नेपालको हवाई उड्यनलाई कालोसूचीमा राखेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *