नेकपा विवादः बालुवाटार पुगे प्रचण्ड

डिसी नेपाल
२४ मंसिर २०७७ १२:३९
600
Shares

काठमाडौं। नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफलका लागि बालुवाटार पुगेका छन्। दुई अध्यक्षबीच लिखित आरोपप्रत्यारोप चलिरहेका बेला भएको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यसअघि मंसिर १६ मा पार्टी सचिवालय बैठक बस्नुअघि दुई अध्यक्षबीच बालुवाटारमै छोटो छलफल भएको थियो। तर, सो छलफल सकरात्मक भएको थिएन।

त्यसैदिन बसेको सचिवलाय बैठकले ओलीको चाहनाविपरित स्थायी कमिटीको बैठक तय गरेको थियो। २० गते बसेको स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक समस्यामा छलफल गर्ने एजेण्डा तय गरेर २८ मंसिरसम्मलाई बैठक स्थगित गरिएको थियोर यो बीचमा अनौपचारिक छलफललाई पनि निरन्तरता दिने बताइएको थियो।

दुई अध्यक्षबीच टकराव भएका कारण नेकपा विभाजनकै संघारमा पुगेको चर्चा भइरहेका बेला दुई अध्यक्ष छलफलमा जुटेका हुन्। गत कात्तिक २५ पछि दुई अध्यक्षबीच लामो छलफल नै भएको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *