फर्जी मतबारे जानकारी दिन एनआरएनए छानविन समितिको अपिल

डिसी नेपाल
२८ मंसिर २०७७ १०:३९
124
Shares

वासिंगटन डिसी। गैरआवासीय नेपाली संघ अमेरिकाको गत निर्वाचनमा प्रयोग गरिएको भनिएका २०९३ फर्जी मतबारे गठित छानविन समितिले अमेरिकाबासी सम्पूर्ण गैरआवासीय नेपालीहरुसँग आवश्यक सूचना र सहयोगका लागि आह्वान गरेको छ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिद्वारा छानविनका लागि गठित सो छानविन समितिका संयोजक तथा एनआरएनए अमेरिकाज् क्षेत्रका क्षेत्रीय संयोजक राजन त्रिपाठीले डिसेम्बर १२ मा एक विज्ञप्ति जारी गर्दै अमेरिकावासी एनआरएनएका मतदाताहरुसँग आफूसँग भएका तथ्य र प्रमाणहरुसहित छानविन समितिलाई सूचना दिन आग्रह गरेका हुन्।

एनआरएनएको निर्वाचनका लागि प्रमाणीकरण नभएका २०९३ जना व्यक्तिहरुको नाम मतदातामा उल्लेख भएको र सो मत फर्जी भएको आरोपसहित एनआरएनए अन्तर्राष्ट्रिय समन्वय समितिमा धेरै उजुर परेपछि छानविन समिति गठन भएको थियो।

समितिले जारी गरेको विज्ञप्तिमा सन् २०१९ को निर्वाचनमा सदस्य बन्दै, सदस्यता नवीकरण गर्दै गर्दा सदस्यता प्रमाणिकरण लगायत चुनावको क्रममा कुनै समस्या भएको भए अथवा विवादित २०९३ सदस्यको बारेमा कुनै सूचना भएमा तथ्य र प्रमाणसहित सूचना दिन आह्वान गरिएको छ। समितिले [email protected] मा इमेल पठाई सूचना र प्रमाण दिन सकिने विज्ञप्तिमा उल्लेख गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *