बैधता नपाउने भएपछि स्थगित भयो संवैधानिक परिषद्को बैठक
काठमाडौं। सत्तारुढ दल नेकपाको स्थायी कमिटीले संवैधानिक परिषद् सम्बन्धी कानून संशोधन गर्न जारी भएको अध्यादेश फिर्ता लिने निर्णय गरेको भोलिपल्ट बिहीबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक अन्तत: स्थगित भएको छ।
नेकपाले अध्यादेश फिर्ता लिने निर्णय गरेपछि बिहीबार संवैधानिक परिषद्को बैठक बोलाउने कल्पनासमेत नगरिएको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले बैठक बोलाएपछि नेपाली राजनीति तरंगित भएको थियो।
तर, अध्यादेश बमोजिम बस्ने बैठकले वैधता नपाउने भन्दै प्रधानमन्त्री ओलीलाई उनी निकटहरुले सचेत गराएपछि अन्तिममा बैठक स्थगित गरिएको बालुवाटार स्रोतको दावी छ। अध्यादेश असंवैधानिक भन्दै सर्वोच्च अदालतमा रिटसमेत परेको छ। अदालतमा रिट परेको अवस्थामा प्रधानन्यायधीशलाईसमेत संवैधानिक परिषद्को बैठकमा सहभागी हुन संकट पर्ने अवस्था सिर्जना भएको थियो। तर, प्रधानमन्त्री ओली बैठक स्थगित गर्न तयार भएपछि हाललाई यो संकट टरेको छ।
उता संवैधानिक परिषद् बैठक बोलाउने प्रधानमन्त्री ओलीको निर्णयपछि नेकपा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आक्रोशित बनेको उनको सचिवालयले जनायो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment