कोरोना भाइरस तिब्ररुपमा फैलिने संकेत देखिएपछि लण्डनमा फेरि लकडाउन

डिसी नेपाल
५ पुष २०७७ ०:२१
92
Shares

लण्डन (एजेन्सी)। बेलायतको राजधानी लण्डनमा फेरि लकडाउन गरिएको छ। यो लकडाउन इंग्ल्याण्डका अधिकांश भागमा लागु हुने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले बताएका छन्।

शनिबार कोरोना भाइरस नयाँ तरिकाले फैलिएको पुष्टि भएपछि प्रधानमन्त्रीले क्याविनेटको आपतकालिन बैठक बोलाएका थिए। सो बैठकपछि लकडाउन घोषणा गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्।

पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री जोन्सनले भाइरस नयाँ तरिकाबाट फैलिएको भन्दै त्यसको प्रकोप रोक्न नयाँ तरिका अपनाउनु परेको बताएका छन्।

इंग्ल्याण्डमा अत्यधिक चिसो बढेका बेला कोरोना भाइरस तिब्र गतिमा फैलिने संकेतहरु देखिएको जनाइएको छ।

स्मरण रहोस बेलायत कोरोना भाइरसविरुद्धको खोप अभियान चलाउने पहिलो मुलुक हो। अमेरिकी कम्पनी फाइजरले विकसित गरेको खोप बेलायतमा लगाउन शुरु गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.