वामदेवले विज्ञप्ति जारी गरेर ओलीको भत्सर्ना गरे

डिसी नेपाल
५ पुष २०७७ १८:३९
552
Shares

काठमाडौं। नेकपा उपाध्यक्ष वामदेव गौतमले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको भत्सर्ना गरेका छन्। यसअघि प्रारम्भिक प्रतिक्रियामा संसद् विघटनको समर्थन पनि नगर्ने र विरोध पनि नगर्ने बताएका गौतमले साँझसम्म आइपुग्दा आफ्नो धारणामा परिवर्तन गर्दै संसद्. विघटनप्रति विरोध जनाएका हुन्।

उनले विज्ञप्ति जारी गर्दै संसद् विद्दटन गैरसंवैधानिक भएको टिप्पणी गरेका छन्। वामदेव शुरुमा ओली विरुद्ध लाग्ने र अन्तिममा उनकै पक्षमा लाग्ने गर्दै आएका थिए। यो पटकको नेकपाको विवादमा पनि शुरुमा ओलीप्रति आक्रामक वामदेव पछिल्ला दिनहरुमा नरम बन्दै गइरहेका थिए। तर ओलीले संसद नै विघटन गरिदिएपछि वामदेव फेरि ओलीप्रति आक्रामक भएका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *