संवैधानिक परिषद्ले दलित आयोगको सदस्यमा सिफारिस गरेका रम्तेलले भनेः अनैतिक भयो स्वीकार छैन
काठमाडौं। संवैधानिक परिषद्ले राष्ट्रिय दलित आयोगको सदस्यमा सिफारिश गरेको परशुराम रम्तेलले सिफारिस अस्वीकार गरेका छन्। उनले अनैतिक रुपमा बसेको संवैधानिक परिषद्को बैठकले गरेको सिफारिश स्वीकार्य नभएको बताएका छन्।
उनले संसद् विघटनको पनि विरोध गरेका छन्। उनले आफ्नो सिफारिशबारे भ्रममा नपर्नसमेत भनेका छन्। सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी कानून संशोधन गरेर संवैधानिक आयोगहरुमा पदाधिकारी सिफारिस गरेको छ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment