संसद् विघटनविरुद्ध सर्वोच्चमा ११ वटा रिट, बुधबार सुनुवाई हुने

डिसी नेपाल
६ पुष २०७७ १६:४४
368
Shares

काठमाडौं। संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा ११ वटा रिट परेका छन्। सर्वोच्च अदालतल ११ वटै रिटमा एकसाथ पुस ८ गते सुनुवाई गर्ने सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।

आइतबार राष्ट्रपतिबाट संसद् विघटन स्वीकृत भएसँगै कानून व्यवसायीहरु ३ वटा रिट लिएर सर्वोच्च पुगेका थिए।

सर्वोच्चमा आइतबार ३ वटा रिट पेस भएकोमा सोमबार थप ९ वटा रिट पेस भएका छन्। एउटा रिटको प्रक्रिया नपुगे मंगलबार आउनेगरी रिट लिएर पुगेका कानून व्यवसायी फर्केको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *