ओलीलाई रामकुमारीकाे व्यंग्यवाणः यहि त हो नि निरमाया विधि भनेको
काठमाडौं। नेकपा स्पष्ट रुपमा दुई गुटमा विभाजित भएपछि एकगुटका नेताले अर्को गुटमाथि व्यंग्यवाण प्रहार गरिरहेका छन्। प्रचण्ड–माधव समूहमा रहेकी नेतृ रामकुमार झाँक्रीले अर्का गुटका अध्यक्ष तथा प्रधानमन्त्री ओलीमाथि सामाजिक सञ्जालमा व्यंग्य गरेकी छन्।
ओलीले बोलाएको नेकपा केन्द्रीय कमिटीको बैठकले बैठकमा उपस्थितभन्दा तीन गुणा धेरै नयाँ केन्द्रीय कमिटी सदस्यको संख्या थपेपछि व्यंग्य गर्दै झाँक्रीले ट्वीटरमा लेखेकी छन्, ‘क खड्ग प्रसाद ओलीले केन्द्रीय कमिटीको पूर्ण संख्याको एक–तिहाईको बैठकले, कमिटीको पूर्ण संख्याको तीन–तिहाई थपेर कमिटी विस्तार गरेछन्। यहि त हो नि निरमाया विधि भनेको???’
क. खड्ग प्रसाद ओलीले केन्द्रीय कमिटीको पूर्ण संख्याको एक-तिहाईको बैठकले, कमिटीको पूर्ण संख्याको तीन-तिहाई थपेर कमिटी विस्तार गरेछन।
यहि त हो नि निरमाया विधि भनेको!!???— Ram kumari Jhakri (@Jhakri_didi) December 22, 2020
No ads found for this position

डिसी नेपाल
Facebook Comment