प्रतिनिधिसभा विघटनविरुद्धका ११ रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुँदै

डिसी नेपाल
८ पुष २०७७ ८:००
104
Shares

काठमाडौं। प्रतिनिधिसभा विघटनको घोषणाविरुद्ध परेका रिट निवेदनहरुमाथि आज प्रारम्भिक सुनुवाइ हुँदै छ। १३ वटा रिट परेकोमा १२ वटामाथि आज एकल इजलासमा सुनुवाइ हुने भएको हाे। अर्को एउटा रिट भने संवैधानिक इजलासमा आउँदो शुक्रबार पेश हुने भएकाे छ।

आज सुनुवाइ हुने रिटमध्ये एउटा रिट ४ जना सांसदले पनि दायर गरेका छन्। रिट दायर गर्ने सांसदमा देव गुरुङ, कृष्णभक्त पोखरेल, शशी श्रेष्ठ र रामकुमारी झाँक्री छन्।

५ वर्ष जनताको सेवा गर्न भनी निर्वाचित भएकोमा विघटनका कारण जनताको सेवा गर्न नपाउनु मौलिक हकको हनन भएको भनी उनीहरुले रिट दायर गरेका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.